निर्वाचन आयोग पुगेर प्रचण्ड-माधव समूहले बुझायो बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर

0

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ । बुधबार दिउँसो प्रचण्ड–माधव समूहका नेताहरु आफूहरु वैधानिक नेकपा भएको दावी गर्दै प्रमाण आयोगलाई बुझाएका हुन् ।

उनीहरुले मंगलबारको केन्द्रीय समिति बैठकको निर्णय, उपस्थित संख्या, केपी शर्मा ओलीलाई कारवाही गरेको पत्रसहित अन्य प्रमाण निर्वाचन आयोगमा बुझाएका छन् । वैधानिकताका लागि चाहिने सबै प्रमाणहरु आफूहरुले आयोगलाई बुझाएको र आयोगले कानूनअनुसार काम गर्नेमा विश्वस्त रहेको नेताहरुले बताए ।

नेकपाको ४४६ केन्द्रीय सदस्यमध्ये ४४१ बहाल रहेको र त्यसमा पनि ३१५ केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको प्रचण्ड-माधव समूहले दावी गरेको छ । सो समूहले आयोगलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाइएको र केन्द्रीय सदस्यको बहुमत प्रचण्ड–माधवका पक्षमा रहेको जानकारी गराएको थियो । त्यस्तै सोमबार नै प्रधानमन्त्री ओली समूहले पनि पार्टी केन्द्रीय समितिमा हेरफेर गरेको जानकारी आयोगलाई दिएको थियो ।

Leave A Reply

Your email address will not be published.