नेपालमा थपिए ७४३ कोरोना संक्रमित, थप ५ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो चौविस घण्टामा ६ हजार ५ सय ५९ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ६४ पुरूष र २ सय ७९ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ ।

काठमाडौं उपत्यकाका ३ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । तिमध्ये काठमाडौंका २ सय ५०, ललितपुरका ३४ र भक्तपुरका ३४ जना रहेका छन् ।

त्यस्तै प्रदेश १ मा ३३ जना, दुईमा ८ जना, वाग्मतीमा ३ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गण्डकीमा १३२, लुम्बिनीमा ९६, कर्णालीमा ५ र सुदुरपश्चिममा ९१ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १५ जना रहेका छन् । पछिल्लो चौविस घण्टामा ९ सय ५२ जना कोरोनामुक्त भएका छन् । योसँगै संक्रमणमुक्त भएकाको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ ।

कोरोना संक्रमण पहिचानका लागि हालसम्म १८ लाख ९० हजार ७ सय ४० वटा नमूना पीसीआर विधिबाट परिक्षण गरिएको छ । देशभर क्वारेन्टिनमा ४ सय ९ जना रहेका छन् ।

पछिल्लो चौविस घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ३ पुगेको छ । नेपालमा कोरोनावाट मृत्युु हुनेको संख्या शून्य दशमलब सात प्रतिशत रहेको छ ।

Leave A Reply

Your email address will not be published.