संसद् विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलास पठाइयो

0

काठमाडौं : संसद् विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलास पठाइने भएकाे छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाइ भएको थियो ।

प्रधानन्यायाधीश जबराको एकल इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाइ गर्ने गरी पठाउन आदेश दिएको हो । शुक्रबार संवैधानिक इजलासमा याे मुद्दामा सुनुवाइ हुनेछ ।

Leave A Reply

Your email address will not be published.