बेलायतबाट नेपाल आउने यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय

0

काठमाडौं : सरकारले बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । मंगलबार अपरान्ह बसेको कोरोना नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

यस्तै निर्देशक समितिले बेलायत बाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ ।

पौष १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वारेन्टिन बसी जाँच गरेपछि मात्र घर गन्तब्य जान पनि अनुरोध गरेको छ ।

यस्तै मंगलबार नेपाल आउन ट्रान्जिटमा रहनेले अनिवार्य रुपमा दश दिन होटल क्वारेन्टिनमा बसेर परिक्षण गरेर मात्र घर गन्तब्य जान पनि सरकारले अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.