ओलीलाई हटाएपछि माधव नेपाल बने अध्यक्ष

0

काठमाडौं : प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

केपी शर्मा ओलीलाई हटाएपछि नेपाललाई अध्यक्षमा चयन गरिएको हो । नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

नेपाललाई अध्यक्ष बनाउने प्रस्तावमा नेता प्रभु साहले विरोध जनाएका छन् । उनले पार्टीमा दुईजना नभइ एकजनामात्रै अध्यक्ष हुनुपर्ने बताएका थिए । उनले प्रस्ताव पारित गर्ने बेलामा यस्तो धारणा राखेका थिए ।

Leave A Reply

Your email address will not be published.