ओली पक्षको निर्णय : पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली, नारायणकाजीलाई हटाइयो

0

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय समितिको बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ ।

बालुवाटारमा जारी ओली समूहको बैठकले श्रेष्ठलाई हटाएर प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेको हो । पार्टी हितविपरीत काम गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाएर ज्ञवालीलाई चयन गरिएको एक नेताले बताए ।

Leave A Reply

Your email address will not be published.