बेलायतमा ४० देशद्वारा यात्रा प्रतिबन्ध

0

एजेन्सी : बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दो छ । थुप्रै देशले बेलायतवाट हुने यात्रामा प्रतिबन्ध लगाउन थालेका छन् । अहिलेसम्म ४० वटाभन्दा बढी देशले यूकेबाट हुने आगमनमा रोक लगाएका छन् ।

युरोपेली संघ ‘ईयु’ले नयाँ प्रकारको भाइरसलाई लिएर साझा नीति बनाउने तयारी गरेको छ । ईयूमा आवद्ध २७ देश कसरी अगाडि बढ्ने भन्नेमा छलफलमा जुटेका छन् ।

भारत, इरान, क्यानडा लगायत अरू थुप्रै मुलुकले पनि बेलायतवाट हुने आगमनमा रोक लगाएका छन् । अमेरिकाले निर्णय गर्न बाँकी छ । साउदी अरब, कुवेत र ओमानले अन्तर्राष्ट्रिय यात्रुका लागि आफ्ना सिमानाहरू पूर्ण रूपमा बन्द गरेका छन् ।

नयाँ प्रकारको संक्रमित देखिएपछि स्वीडेनले डेनमार्कबाट गरिने यात्रामा प्रतिबन्ध लगाएको छ । डेनमार्कका साथै अस्ट्रेलिया, इटली र नेदरल्यान्ड्समा पनि कोरोना भाइरसको नयाँ प्रकार फेला परेको छ ।

कोरोना भाइरसको नयाँ प्रकार झन् संक्रामक रहेपनि घातक रहेको प्रमाण भेटिएको छैन । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले त्यसको जोखिमको सन्दर्भबारे ध्यान दिन आग्रह गरेको छ ।

डब्लुएचओका आपत्कालीन मामिला प्रमुख माइक रायनले भाइरसको नयाँ प्रकार महामारीमा हुने विकासको एउटा सामान्य हिस्सा भएको भन्दै त्यो नियन्त्रण बाहिर नरहेको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.