अमेरिकी उपराष्ट्रपति माइक पेन्सले लगाए कोरोनाविरुद्धको खोप

0

एजेन्सी : अमेरिकी उपराष्ट्रपति माइक पेन्सले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उपराष्ट्रपति पेन्सले प्रत्यक्ष टीभी कार्यक्रममार्फत् खोप लगाएका हुन । पेन्सीकी श्रीमती जेरोमी अदामले पनि खोप लगाएकी छिन् ।

अमेरिकी जनताबीचमा खोपप्रतिको विश्वसनीयता जगाउनुका साथै सुरक्षा र कार्यकुशलता देखाउन उनले खोप लगाएका हुन् । खोप लगाउने क्रममा उनले कुनै अनौठो फिल नगरेको बताएका छन् ।

अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्ध फाइजरको खोप लगाउन थालिएको हो । अमेरिकाले मोडेर्नाको खोप पनि प्रयोगकालागि अनुमति दिएको छ । खोप ९५ प्रतिशत सुरक्षित रहेको जनाइएको छ ।

अमेरिकाले फाइजर बायोनटेक ज्याब खोपको परीक्षण सुरु गरेको केही दिनमै दोस्रो खोप पनि प्रयोगका लागि विज्ञहरुले सिफारिस गरेका हुन् । कोरोनाका कारण अमेरिकामा तीन लाख दश हजारभन्दा बढीको मृत्यु भएको छ । एक करोड ७० लाख भन्दा बढी व्यक्ति संक्रिमत भएका छन् ।

Leave A Reply

Your email address will not be published.