१२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा

0

काठमाडौं : गृह मन्त्रालयलले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिव र उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले ललितपुर, धनकुटा, महोत्तरी, गुल्मी, रामेछाप, भोजपुर, खोटाङ, डोल्पा, मुगु, पाँचथर र तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

ललितपुरको प्रमुख जिल्ला अधिकारीमा ढुण्डिप्रसाद निरौलालाई सरुवा गरिएको छ । यसअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए । त्यस्तै केशवप्रसाद बिमलीलाई जिल्ला प्रशासन कार्यालय धनकुटाबाट महोत्तरी सरुवा गरिएको छ भने धनकुटामा गृहका सहसचिव वासुदेव दाहाललाई पठाइएको छ ।

Leave A Reply

Your email address will not be published.