नेपालमा थपिए ७८२ कोरोना संक्रमित, थप १६ जनाको मृत्यु

0

काठमाडौं : नेपालका थप ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ७ सय ६ पीसीआर नमूना परीक्षण गर्दा ४ सय ७७ पुरूष र ३ सय पाँच जना महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ ।

काठमाडौं उपत्यकाका २ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ । तिमध्ये काठमाडौंका २ सय दुई भक्तपुरमा नौ र ललितपुरका ७६ जना रहेका छन् । त्यस्तै प्रदेश १ मा ४४ जना, दुईमा २६ जना, वाग्मतीमा ३ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गण्डकीमा ८२ लुम्बिनीमा १ सय २५, कर्णाली २५ र सुदुरपश्चिममा १ सय जनामा संक्रमण पुष्टि भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १७ जना रहेका छन् । तिमध्ये ५ हजार ८ सय ३४ होम आइसोलेसन छन् ।

संक्रमितमध्ये २ सय ८३ आईसीयु र ४९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । एकै दिन एक हजार २९ जना कोरोनामुक्त भएका छन । योसँगै संक्रमणमुक्त भएकाको सङ्ख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ ।

कोरोनामुक्त हुनेको संख्या ९५ दशमलब ६ प्रतिशत छ । कोरोना संक्रमण पहिचानका लागि हालसम्म १८ लाख ६१ हजार ४ सय ३० नमूना परिक्षण गरिएको छ । देशभर क्वारेन्टिनमा ४ सय २७ जना रहेका छन् ।

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ६५ पुगेको छ । नेपालमा कोरोनावाट मृत्युु हुनेको संख्या शून्य दशमलब सात शून्य प्रतिशत रहेको छ ।

Leave A Reply

Your email address will not be published.