बोको हरामले अपहरण गरेका ३ सय ४४ विद्यार्थी अपहरणमुक्त

0

एजेन्सी : नाइजेरियामा विद्रोहीको अपहरणमा परेका विद्यार्थीहरु अपहरणमुक्त भएका छन् । उत्तरी नाइजेरियाबाट अपहरण भएका ३ सय ४४ जना विद्यार्थीहरु अपहरणमुक्त भएका हुन् ।

अपहरणमुक्त भएका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेर अभिभावकको जिम्मा लगाइएको छ । नाइजेरियामा संघर्षरत बोकोहरामले एक साताअघि एक विद्यालयबाट ती विद्यार्थीहरुको अपहरण गरेको थियो ।

अझै केही विद्यार्थी विद्रोहीकै नियन्त्रणमा रहेको बताइएको छ । विद्रोहीले बिहीबार मात्र भिडियो सन्देश जारी गरेर उनीहरुको अवस्थाबारे जानकारी गराएका थिए ।

विद्यार्थीहरु अपहरणमा परेपछि स्थानीयले सरकारलाई दवाब दिएका थिए । स्कुल पढ्ने बालबालिकाहरु अपहरणमा पर्न थालेकोमा अन्तर्राष्ट्रिय समुदायले समेत चिन्ता प्रकट गरेका छन् ।

Leave A Reply

Your email address will not be published.