कांग्रेस संसदीय दलको बैठक आज बस्दै

0

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछिको परिस्थितीबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यसमितिको बैठक बस्न लागेको हो ।

कांग्रेसले संसदीय दल बैठकमार्फत संसदको हिउँदे अधिवेशन बोलाउन दवाब दिने तयारी गरेको छ । सरकारले संसदको बैठक बोलाउनुको सट्टा धमाधम अध्यादेश ल्याउन लागेकाले त्यसवारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको कांग्रेस नेताहरुले बताएका छन् ।

बैठकपछि कांग्रेसले प्रतिपक्षी दलहरु मिलेर संसदको हिउँदे अधिवेशन बोलाउन संसद सचिवालयमा लिखित निवेदन दर्ता गराउे तयारी समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.