नेपालमा थपिए ७७६ कोरोना संक्रमित, थप ६ जनाको मृत्यु

0

काठमाडौं : नेपालका थप ७ सय ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ५ सय ८८ पीसीआर नमूना परीक्षण गर्दा ४ सय ६८ पुरूष र ३ सय आठ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेको संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ ।

काठमाडौं उपत्यकाका ३ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ । तिमध्ये काठमाडौंका २ सय ७३ भक्तपुरका ४१ र ललितपुरका ४९ जना रहेका छन् । त्यस्तै प्रदेश १ मा ६८ जना, दुईमा ७ जना, वाग्मतीमा ४ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा अहिले ४ हजार ८७ अनि भक्तपुरमा ३ सय ३३ र ललितपुरमा ७ सय ३५ जना सक्रिय संक्रमित रहेका छन ।

त्यस्तै गण्डकीमा ९० लुम्बिनीमा ७९ कर्णाली १६ र सुदुरपश्चिममा ९७ जनामा संक्रमण पुष्टि भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय ८० जना रहेका छन् । तिमध्ये ५ हजार ८ सय ८३ होम आईसोलेसन र ३ हजार ६ सय ९७ जना संस्थागत आइसोलेसनमा छन् ।

संक्रमितमध्ये २ सय ८१ आईसीयु र ५९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । एकै दिन ९ सय ४७ जना कोरोनामुक्त भएका छन । योसँगै संक्रमणमुक्त भएकाको सङ्ख्या २ लाख ४० हजार ३ सय ६३ पुगेको छ । कोरोनामुक्त हुनेको संख्या ९५ दशमलब ५ प्रतिशत छ ।

कोरोना संक्रमण पहिचानका लागि हालसम्म १८ लाख ५५ हजार ७ सय २४ नमूना परिक्षण गरिएको छ । देशभर क्वारेन्टिनमा ४ सय ४४ जना रहेका छन् । कोरोना संक्रमणवाट थप छ जनाको मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ४९ पुगेको छ । नेपालमा कोरोनावाट मृत्युु हुनेको संख्या शून्य दशमलब छ नौ प्रतिशत रहेको छ ।

Leave A Reply

Your email address will not be published.