भोलिदेखि उपत्यकामा लगाइएको जोर-बिजोर प्रणाली हट्ने

0

काठमाडौं : शुक्रबार (भोलि) देखि काठमाडौं उपत्यकामा लागू भएको जोर-बिजोर प्रणाली हट्ने भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले शुक्रबारबाट जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले सार्वजनिक सवारीमा जोर-बिजोर कायम गर्दा झनै भीड बढेका कारण जोर-बिजोर प्रणाली हटाउने निर्णय गरिएको बताए ।

कोरोना न्यूनीकरणका लागि भन्दै लकडाउन हटे पनि उपत्यकामा भने भदौ २५ गतेबाट सबै सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए । कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ ।

Leave A Reply

Your email address will not be published.