कोरोना महामारी शुरु भएको वुहान क्षेत्रको डब्लुएचओले अनुसन्धान गर्ने

0

एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्लूएचओको टोली चीनको वुहान जाने भएको छ । कोरोना भाइरस सङक्रमणको सुरुवातबारे जान्नका लागि डब्लूएचओको टोली चीनको वुहान जान लागेको हो ।

आगामी महिना दश जना बैज्ञानिको टोली वुहान जाने डब्लुएचओले जनाएको हो । सो टोलीले कोरोना भाइरस सङक्रमणको सुरुवातमा के भएको थियो ? कसरी– कसरी फैलिएको थियो भन्ने पत्ता लगाएर भविष्यमा खतरा कम गर्न कोशिश गर्ने छ । डब्लूएचओको टोली चारदेखि पाँच हप्तासम्म वुहानमा रहनेछ ।

लामो समयदेखि डब्लुएचओले गरेको प्रयासअनुसार वुहानमा अनुसन्धानका लागि चीनले अनुमति दिएको हो । चीनले डब्लुएचओलाई कोरोना महामारीबारे स्वतन्त्र रुपमा छानविन गर्नका लागि भने अझै अनुमति दिएको छैन ।

कोरोना भाइरस संक्रमणको सुरुवात वुहान शहरबाट भएको मानिन्छ । वुहान सहरमा जनावरहरुको अत्याधिक व्यापार र खपत हुने गरेको बताइएको छ ।

तर डब्लुएचओले अनुसन्धान नगरेसम्म त्यसको पुष्टि भने हुन बाँकी छ । कोरोना भाइरसवाट विश्वमा ७ करोड ४५ लाखभन्दा बढी मानिस संक्रमित भएका छन । १६ लाख ५५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

Leave A Reply

Your email address will not be published.