सन्तोष साह बीबीसी मास्टर सेफको टप ३ मा

0

काठमाडौं : नेपालका सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ २०२०’ प्रतियोगिताको शीर्ष तीनमा पुग्न सफल भएका छन् । ‘बीबीसी वान’ मा बुधबार राति प्रसारित फाइनल राउण्डको दोस्रो चरणमा उनी अघिल्लो चरणका लागि छानिएका हुन् ।

साहले उत्कृष्ट तीनमा पुग्नका लागि भुटेको चिउरा , भुटेको खुर्सानी र नुन, गोल्डेन पुरी, गँगटाको तरकारी, साँधेको भटमास, रायोको साग, जिम्बुले झानेको पोलेको खसीको मासु, पुदिना पराठा, क्रिस्पी प्याज बनाएका थिए ।

उनको पाककलाको निर्णयकहरुले समेत खुलेर प्रशंसा गरेका थिए । नेपालको सिरहाका साहले फाइनलमा पनि नेपाली खानाकै परिकार बनाउने तयारी गरेको जानकारी दिएका छन् ।

प्रतियोगिताको फाइनल बिहीबार हुँदैछ । अन्तिममा पुगेका तीनमध्ये एकजना सेफ मास्टर सेफ च्याम्पियन हुनेछन् । प्रतियोगिता ३२ जना सेफहरुबीच शुरु भएको थियो ।

Leave A Reply

Your email address will not be published.