अध्यादेश र संसद बैठक बोलाउने निवेदन फिर्ता लिने, केन्द्रीय कमिटी बैठक पुस १० गते

0

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको तनावका बीच शुरु भएको स्थायी कमिटी बैठक सकिएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक तीन घन्टा ढिलो गरी शुरु भएको थियो ।

बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा स्थायी समिति बैठक ५ गते र केन्द्रीय समितिको बैठक १० गते बस्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.