संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन ओली सहमत

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भएको छलफलपछि ओली उक्त विवादस्पद अध्यादेश फिर्ता लिन सहमत भएका हुन् ।

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको बताइएको छ ।

नेकपाभित्रको विवादकै कारण संवैधानिक परिषद् बैठक नै अवरुद्ध भएपछि प्रधानमन्त्री ओलीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ ल्याएका थिए । सो अध्यादेश सरकारले सिफारिस गरेसँगै  राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन् । 

Leave A Reply

Your email address will not be published.