कांग्रेस बैठक : अध्यादेश फिर्ता हुनुपर्ने अडान, तत्काल अधिवेशन बोलाउन माग

0

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेको छ।

सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बुधबार तीन घन्टा बसेको कांग्रेस पदाधिकारी बैठकले संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको हो ।

सरकारले अध्यादेशबाट देश चलाउन खोजिरहेको विषम अवस्थामा संसद अधिवेशन तत्काल बोलाउनुपर्ने कांग्रेसको निष्कर्ष छ ।बैठकले मंगलबार ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पनि तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ।

सरकारले जसरी बहुमतकै आधारमा संवैधानिक परिषद्ले निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउने कार्यलाई कांग्रेसले अलोकतान्त्रिक कदमको संज्ञा दिएको छ ।

अध्यादेश तत्काल फिर्ता गरेर प्रतिपक्षी दलको सहमतिमा संवैधानिक आयोगका रिक्त पदमा नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने कांग्रेसको माग छ । यस्तै, बैठकले सरकारविरुद्ध मंसिर २९ गते देशभर गरिएको प्रदर्शनमा उत्साहपूर्ण सहभागिताका लागि सबैलाई धन्यवाद समेत दिएको छ।

Leave A Reply

Your email address will not be published.