नेपालमा थप ७ सय ३६ जनामा कोरोना संक्रमण

0

काठमाडौं : नेपालमा थप ७ सय ३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ५ सय ५५ पीसीआर नमूना परीक्षण गर्दा ४ सय ४५ पुरूष र २ सय ९ १ महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ ।

काठमाडौं उपत्यकामा ३ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । तिमध्ये काठमाडौंका २ सय ९४ भक्तपुरका २० र ललितपुरका ७७ जना रहेका छन् । त्यस्तै प्रदेश १ मा ५३ जना, दुईमा २० जना, वाग्मतीमा ४ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गण्डकी मा ८४ लुम्बिनीमा ८७ कर्णाली २ र सुदुरपश्चिममा ३० जनामा संक्रमण पुष्टि भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ जना रहेका छन् । तिमध्ये ६ हजार ९४ होम आईसोलेसन, २ सय ८९ आईसीयु अनि ५९ जना भेन्टिलेटरमा रहेका छन् ।

एकै दिन ८ सय ४७ जना कोरोनामुक्त भएका छन् । योसँगै संक्रमणमुक्त भएकाको सङ्ख्या २ लाख ३९ हजार ४ सय १६ पुगेको छ। कोरोनामुक्त हुनेको संख्या ९५ दशमलब ४ प्रतिशत छ ।

कोरोना संक्रमण पहिचानका लागि हालसम्म १८ लाख ४९ हजार १ सय ३७ नमूना परिक्षण गरिएको छ । देशभर क्वारेन्टिनमा ४ सय ५७ जना रहेका छन् । कोरोना संक्रमणवाट थप १३ जनाको मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ४३ पुगेको छ । नेपालमा कोरोनावाट मृत्युु हुनेको संख्या शून्य दशमलब छ नौ प्रतिशत रहेको छ ।

Leave A Reply

Your email address will not be published.