मुख्यमन्त्री पोखरेलले भेटे अध्यक्ष दाहाल, बैठक सार्न पोखरेलको आग्रह

0

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष दाहाललाई भेट्न मुख्यमन्त्री पोखरेल बुधबार बिहान खुमलटार पुगेका थिए । स्थायी समिति बैठकअघि भएको भेटलाई चासोका साथ हेरिएको छ ।

भेटमा पोखरेलले प्रधानमन्त्रीको चाहना अनुसार स्थायी समितिको आजको बैठक सार्न दाहाललाई प्रस्ताव गरेका थिए । तर पोखरेलको प्रस्ताव दाहालले ठाडै अस्वीकार गरेको बताइएको छ । नेकपाको स्थायी समितिको बैठक आज एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

संवैधानिक परिषद ऐन संशोधन सम्बन्धी अध्यादेश ल्याएपछि दाहाल तथा नेता माधवकुमार नेपाल पक्ष आक्रोशित बनेको छ । स्थायी समितिको आजको बैठकमा अध्यादेशका विषयमा छलफल हुँदैछ ।

Leave A Reply

Your email address will not be published.