नेपालमा थपिए ९ सय ३६ कोरोना संक्रमित

0

काठमाडौं : नेपालमा थप ९ सय ३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १ सय १७ पीसीआर नमूना परीक्षण गर्दा ५ सय ८५ पुरूष र ३ सय ५१ महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ ।

अहिले नेपालमा पीसीआर परीक्षण गरिएका नमुनामध्ये १३ दशमलब ६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।काठमाडौं उपत्यकाका ४ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ । तिमध्ये काठमाडौंका ३ सय १० भक्तपुरका ४२ र ललितपुरका ८६ जना रहेका छन् । त्यस्तै प्रदेश १ मा १ सय १० जना, दुईमा नौ जना, वाग्मतीमा ५ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गण्डकी मा १ सय १३ लुम्बिनीमा १ सय एक कर्णाली १२ र सुदुरपश्चिममा ६७ जनामा संक्रमण पुष्टि भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ८१ जना रहेका छन् । तिमध्ये ६ हजार १ सय ३ होम आईसोलेसन, ३ सय २१ आईसीयु अनि ४८ जना भेन्टिलेटरमा रहेका छन् ।

थप १ हजार ९ सय ९६ जना निको भएसँगै कोभिडमुक्त भएका सङ्क्रमितको सङ्ख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ। कोरोनामुक्त हुनेको संख्या ९५ दशमलब ३ प्रतिशत छ । कोरोना संक्रमण पहिचानका लागि हालसम्म १८ लाख ४३ हजार ५ सय ८१ नमूना परिक्षण गरिएको छ । देशभर क्वारेन्टिनमा ४ सय ५७ जना रहेका छन् । कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ३० पुगेको छ ।

Leave A Reply

Your email address will not be published.