राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् । अध्यादेश जारी गरेपछि संवैधानिक बैठक बोलाएका प्रधानमन्त्री त्यो बैठक सकेर शीतल निवास पुगेका हुन् ।

संवैधानिक परिषद्को अध्यादेश जारी भएपछि प्रधानमन्त्रीसहित तीन जना भए गणपुरक संख्या पुग्ने अध्यादेश जारी गराएका थिए ।

अध्यादेश जारी भएपछि बसेको संवैधानिक परिषद्को बैठकले भने कुनै नियुक्ति गरेको छैन । संवैधानिक परिषद्को बेलुका बसेको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि उपस्थित भएनन् ।

Leave A Reply

Your email address will not be published.