संवैधानिक परिषद्बाट सभामुखलाई हटाइयाे !

0

सत्तारुढ दलभित्र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद चरम उत्कर्षमा पुगेका वेला सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा मंगलबार अध्यादेश जारी गरेकी छिन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आइतबार र मंगलबार बसेको संवैधानिक परिषदमा गणपुरक संख्या नपुगेपछि सरकार अध्यादेशको प्रक्रियामा लागेको हो । आइतबार प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित थिएनन् भने मंगलबार सभामुख अग्नि सापकोटा बैठकमा गएनन् ।

संवैधानिक परिषद्को पदेन सदस्य उपसभामुख पद रिक्त हुँदा एकजना मात्रै अनुपस्थित भए बैठकमा गणपुरक संख्या पुग्दैन ।

अध्यादेशमार्फत सो व्यवस्था हटाएर उपस्थितमध्ये बहुमतका आधारमा निर्णय गर्ने मिल्ने व्यवस्थाका लागि अध्यादेश ल्याइएको हो ।

Leave A Reply

Your email address will not be published.