गणपुरक संख्या नपुगेपछि संवैधानिक परिषद्को बैठक स्थगित

0

काठमाडौं : संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । गणपुरक संख्या नपुगेपछि आज बसेको परिषद्को बैठक स्थगित भएको हो । अर्को बैठक आज बेलुका ५ बजेका लागि बोलाइएको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएनन् । सापकोटा नगएसँगै गणपूरक संख्या नपुगेको हो । परिषद् बैठकमा अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक नियुक्तिका लागि पार्टीमा समेत कुनै छलफल नगरेको भन्दै सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसमेत असन्तुष्ट छन् । सोही कारण पनि सभामुख सापकोटा बैठकमा नगएको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.