विवेकशील साझा राप्रपाको नयाँ अवतार : बाबुराम भट्टराई

0

काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले विवेकशील साझा पार्टीलाई राप्रपाको नयाँ अवतारको संज्ञा दिएका छन ।

राजसंस्थाका बारेमा पार्टी अध्यक्ष रविन्द्र मिश्रले गरेको टिप्पणीलाई लिएर पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले ट्विटरमा सो पार्टीलाई राप्रपाको नयाँ अवतार भनेका हुन् ।

मिश्रले एक अनलाइन पत्रिकालाई दिएको अन्तर्वार्तामा अध्यक्ष मिश्रले हाम्रो पार्टी राजतन्त्र ल्याउन वा फाल्न जन्मिएको होइन भनेपछि बाबुरामले ट्विटरमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेता भट्टराईले दशौं हजार जनताले जीवन उत्सर्ग गरेर ल्याएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताप्रति ‘निरपेक्ष रहने सोचलाई प्रतिगामी समेत भनेका छन् । उनले त्यस्तो सोच राख्ने शक्ति बैकल्पिक नभएर राप्रपाको नयाँ अवतार मात्रै हुने पनि उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.