अमेरिकामा कोरोनाविरुद्धको खोप दिन थालियो, स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकता

0

एजेन्सी : कोरोना भाइरसको महामारीबाट विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा खोप अभियान शुरु भएको छ । अमेरिकाले उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर खोप दिन थालेको हो ।

क्वीन्स राज्यस्थित लङ्ग आइल्याण्ड जिविश मेडिकल सेन्टरमा कार्यरत नर्स सान्ड्रा लिन्ड्सेलाई पहिलो पटक दिएर अभियान शुरु गरिएको हो । अमेरिकाभर १ सय ५० वटा अस्पतालमा सोमवार खोप पुगेको छ ।

पहिलो चरणमा फाइजर बायोएनटेकको झन्डै तीस लाख खोपहरू अमेरिकाभर वितरण गर्न लागिएको छ । अप्रिल महिनासम्म १० करोड जना मानिसलाई खोप लगाउने अमेरिकाको तयारी छ ।

खोप कार्यक्रम न्यूयोर्कबाट शुरु भएसँगै राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै खुसी व्यक्त गरेका छन् । अमेरिकामा कोरोनाका कारण तीन लाख भन्दा बढीको मृत्यु भैसकेको छ । संक्रमितको संख्या एक करोड ६५ लाख १५ हजार भन्दा धेरै छ ।

Leave A Reply

Your email address will not be published.