कोरोना संक्रमण बढ्न थालेपछि जर्मनीमा जनवरी १० सम्म लकडाउन

0

एजेन्सी : कोरोना भाइरस संक्रमण झन् बढ्न थालेपछि जर्मनीले बुधबारदेखि देशमा लकडाउन गर्ने भएको छ । जनवरी दशसम्म लागू हुने गरी लकडाउन घोषणा गरिएको हो ।

बुधबारदेखि अत्यावश्यक बाहेकका पसल तथा स्कुल कलेज बन्द गरिने जर्मन सरकारले जनाएको छ । लकडाउनको समयमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा हुनेछन् । क्रिसमसको ट्रि बेच्ने पसललाई भने खोल्न दिइने भएको छ ।

संक्रमण र मृत्युदर दुबै बढेकाले क्रिसमस र नयाँबर्षको समयमै पनि लकडाउन गर्नुपरेको जर्मन चान्सलर एञ्जेला मर्केलले बताएकी छिन् । मर्केलले १६ राज्यमा अधिकारीहरुसँग छलफलपछि लकडाउनको घोषणा गरेकी हुन् ।

जर्मनीमा हालसम्म १३ लाख ३८ भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । २२ हजारभन्दा बढीको ज्यान गएको छ । संक्रमितमध्ये ९ लाख ६७ हजार निको भएका छन् ।

Leave A Reply

Your email address will not be published.