आफताब आलमका भाइ महताब पुर्पक्षका लागि कारागार चलान

0

काठमाडौं : राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता आफताब आलमका भाइ महताब आलमलाई पुर्पक्षको लागी कारागार चलान गरिएको छ ।

२०६४ चैत्र २७ गते राजपुरस्थित शेख इद्रिसको घरगोठमा भएको बम विष्फोट परी घाइते त्रिलोक प्रताप सिंह र ओशी अख्तर लगायतकाहरुलाई इटा भट्टामा जलाएको आरोपमा जिल्ला अदालतले आज आदेश सुनाएको हो ।

आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी कसुरमा गरी तिन वटा मुद्दा दायर गरिएको थियो । आलम माथि लगाइएका तीन मुद्दामा आज थुनछेक बहस समाप्त भए पछि जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलाशले महताबलाई कारागार पठाउने आदेश दिएको हो । अदालतको आदेशअनुसार महताबलाई आजै जिल्ला कारागार रौतहट चलान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.