नेपालमा थपिए ८३० कोरोना संक्रमित, थप ९ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा आइतबार थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा रहेको ७९ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा ८३० जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौंमा २५८, ललितपुरमा ६५ र भक्तपुरमा २५ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको ज्यान गएको छ भने हालसम्म १६ सय ९८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा थप १५०० जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ३५ हजार ७३१ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । आइतबार नेपालमा १० हजार ९९४ जना आइशोलेशनमा रहदा ५१६ जना क्वारेन्टिनमा छन् । नेपालमा हालसम्म १८ लाख ३१ हजार ४१ वटा पिसिआर गरिएको छ । 

Leave A Reply

Your email address will not be published.