तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

0

तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिकाको सुदापमा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा छथर गाउँपालिका वडा नम्बर छ की कोपिला लिम्बुका छोरीहरू सात वर्षीया रञ्जना लिम्बु र पाँच वर्षीया रोजनी लिम्बु तथा देवेन्द्र लिम्बुकी आठ वर्षीया छोरी सुहाना लिम्बु रहेका छन् ।

स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालिकाको मृत्यु भएको हो ।

शनिबार दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा पोखरीमा डुबेको अवस्थामा शव भेटिएको हो । घटनाबारे अनुसन्धान भैरहेको तेह्रथुम प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.