देउवा उपस्थित नहुने भएपछि आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक अनिश्चित

0

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक अनिश्चित भएको छ ।

शुक्रबार देउवासँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज परिषद्को बैठक बोलाएपनि देउवाले आफू पार्टी कार्यक्रमका कारण बैठकमा सहभागी नहुने जनाएका हुन् ।

सत्तारुढ दलमा पनि भागबण्डा र विवाद रहेको र प्रतिपक्ष दलका नेता पनि सहभागी नहुने भएपछि बैठक अनिश्चित भएको हो । प्रतिपक्षी कांग्रेसले अख्तियार तथा निर्वाचन आयोग र अरु निकायमा समेत आफ्नो भाग खोजेको छ ।

संवैधानिक नियुक्तिका विषयमा प्रधानमन्त्रीसँग ठोस् समझदारी नभएकाले कांग्रेसे सभापति देउवा बैठकमा नजाने भएका हुन् । देउवाले भने बैठकमा सहभागी नहुनुको कारण सोमबारका लागि पूर्वनिर्धारित पार्टीको विरोध कार्यक्रमलाई देखाएका छन् ।

परिषद् बैठकमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ । संवैधानिक परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४५ पद रिक्त छन् ।

Leave A Reply

Your email address will not be published.