श्रेष्ठको निधनको शोकमा कांग्रेसले एक दिन सबै कार्यालय बन्द गर्ने

0

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । नेपाली कांगेसका पूर्व केन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसले मंसिर २६, २७ र २८ गते झण्डा झुकाउने निर्णय गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले मंसिर २८ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने तथा स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ । ८० बर्षिय श्रेष्ठको ब्रेन ह्यामरेजवाट शुक्रबार निधन भएको हो ।

Leave A Reply

Your email address will not be published.