पार्टीभित्रको बहस विधि र पद्धतिका लागि मात्र : अध्यक्ष दाहाल

0

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रको बहस विधि र पद्धतिका लागि मात्र भएको बताएका छन् ।

पार्टी कार्यालय धुम्वाराहीमा शनिबार कांग्रेसका पूर्व सांसद कौसर साहलाई नेकपा प्रवेश गराउदै दाहालले अबको समाजवादको यात्रामा अघि बढ्न सन्दर्भमा कस्तो आर्थिक नीति हुने, कस्तो राजनीतिक मान्यताहरुलाई अवलम्वन गर्दै जाने र कस्तो आचारसंहितालाई पालन गर्ने भन्ने बहसमात्र पार्टीमा भएको बताएका हुन् ।

अध्यक्ष दाहालले गणतन्त्रलाई रक्षा र सुदृढ गर्ने र यो प्रणालीमार्फत मुलुकको आर्थिक विकासको यात्रा तय गरिने भन्दै यसमा चूनौती सामना गर्ने तागत कम्युनिष्ट पार्टीभित्र मात्र रहेको दावी गरे ।

त्यस्तै वरिष्ठ नेता माधव नेपालले नेकपाप्रति जनताको विश्वास बढ्दै गएको दावी गरे । पार्टी प्रवेश गर्दै साहले कांग्रेसको नेतृत्व असक्षम तथा विचारविहीन भएकाले बताइन् । साह दोस्रो संविधानसभा निर्वाचन २०७० मा कांग्रेसको तर्फबाट मुस्लिम कोटामा सांसद बनेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.