सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर

0

विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ मिटर ८८४८.८६कायम भएको छ ।

नेपाल र चीनले भर्चुयल माध्यमबट पत्रकार सम्मेलन मार्फत सगरमाथाकाे नयाँ उचाइ संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

सो अबसरमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश पढेर सुनाएका थिए ।

नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ मङ्गलबार सार्वजनिक गरिएको हो ।

निजामती कर्मचारीको टोलीले शिखरमा पुगेर तथा फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्याङ्कलाई प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गरिको हो ।

यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो ।

Leave A Reply

Your email address will not be published.