गणतन्त्रकाे उपलब्धि रक्षाका लागि सवै एक जुट हुन प्रधानमन्त्रीकाे आग्रह

0

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुन आह्वान गरेका छन् । बालुवाटारमा मंगलबार बसेको सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने भन्दै यसका बिरुद्ध एकतावद्ध भएर अघि बढ्न आह्वान गरेका हुन् ।

बैठकमा कोभिड–१९ विरुद्धको रोकथामका लागि सरकारले गरेका कामहरुका बारेमा पनि प्रधानमन्त्री ओलीले जानकारी गराउनुभएको थियो । लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानविरोधी गतिविधिलाई प्ररास्त गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

बैठकमा अधिकांश सहभागीहरुले सरकारले जनतालाई चित्त बुझाउन नसकेर र संविधानलाई ठिक ढंगले लागू गर्न नसेकाले पछिल्लो गतिविधि भएको धारणा राखेका थिए । कांग्रेसका नेताहरुले सडकमा देखिएको प्रदर्शन सरकारप्रतिको असन्तुष्टि भएको बताएका थिए ।

बैठकपछि कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकार सच्चिएमा सडकमा व्यक्त असन्तुष्टिलाई आफ्नो कोणबाट व्याख्या गर्ने प्रवृत्ति सफल हुन बताए । उनले कोरोना महामारी लगाएत अन्य जनसरोकारका बिषयमा सरकार असफल भएको उल्लेख गरे ।


त्यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजावादीहरुको आन्दोलनमा नैतिक समर्थन रहेको जनाएको थियो । राप्रपाका नेता दीपक बोहोराले संविधानप्रति समर्थन रहेको र राजावादीहरुको आन्दोलदनमा नैतिक समर्थन रहेको बताएको जानकारी दिए। संविधानभित्र राजालाई संसदको मातहतमा राखेर अगाडी बढ्न सकिन्छ भन्ने बिकल्प दिएको तर प्रधानमन्त्रीबाट जवाफ नभएको उनकाे भनाई छ ।
राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रका विषयमा सर्वदलीय बैठक राखेर निर्णय गर्न माग पनि गरेको उनकाे भनाई थियाे । पछिल्लोपटक राजावादीहरुले देशका विभिन्न शहरमा आन्दोलन गरिरहेका छन् । पछिल्लो समय भइरहेको प्रदर्शन लगाएतका बिषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलिय बैठक बाेलाएका हुन् ।

Leave A Reply

Your email address will not be published.