शनिबार विहान भूकम्पको धक्का महशुस

0

काठमाडौं, १६ साउन । सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर शनिबार भूकम्पको एउटा पराकम्पन गएको छ । बिहान ७ बजेर २२ मिनेट जाँदा ४ दशमलव २ म्याग्निच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि शुक्रबार बेलुका ८ बजेर १८ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दू बनाएर ४ दशमलव ५ म्याग्निच्युटको पराकम्पन गएको थियो । गत वैशाख १२ गते गएको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्युटभन्दा माथिका ३ सय ६६ वटा पराकम्पन गएको केन्द्रले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.