गाई काट्नेविरुद्ध सुदूरपश्चिम बन्द

0

कञ्चनपुर, १६ साउन । नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने र गौ (गाई) हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्र्दै आह्वान गरिएको बन्दले सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । ओमकार परिवार तथा हिन्दू धर्म संरक्षण समितिले सुदूरपश्चिमका ९ जिल्ला बन्द आह्वान गरेको हो । कैलालीको पटेलामा १२ वटा गाई मारिएको भन्दै गौ हत्यारालाई कारवाही र संविधानमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गर्दै बन्द आह्वान गरिएको हो ।
बन्दका कारण सुदूरपश्चिमका सम्पूर्ण जिल्ला प्रभावित भएका छन् । यातायात, कलकारखाना, उद्योग धन्दा ठप्प छन् बजार बजार पनि सुनसान छ । बन्द आह्वानकर्ताले ठाउँ–ठाउँमा प्रदर्शन गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले महेन्द्रनगरको शिवमन्दिर नजिक म १ प १६१ नम्बरको भ्यान तोडफोड गरेका छन ।

Leave A Reply

Your email address will not be published.