बुर्किना फासोको राष्ट्रपतिमा काबोर पुनः निर्वाचित

0

बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर पुनः निर्वाचित भएका छन् ।

पर्याप्त बहुमतका साथ उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएको त्यहाँको निर्वाचन आयोगले घोषणा गरेको छ ।

काबोरले मतदानको पहिलो चरणमै ५७ दशमलव ८७ प्रतिशत मत ल्याएर पुनःराष्ट्रपतिमा निर्वाचित भएको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका प्रमुख न्युटन अहमद ब्यारीले जानकारी दिए ।

राष्ट्रपतिमा निर्वाचित काबोरले आफ्ना प्रतिस्पर्धीलेभन्दा धेरै मतान्तर कायम गरेको पनि निर्वाचन आयोगले जनाएको छ ।

उनीसँगै प्रतिस्पर्धामा रहेका इडी कोम्बोइगोले जम्मा १५ दशमलव ४८ प्रतिशत मत ल्याएर दोस्रो भए भने अर्का उम्मेदवार जेफिरिन डिएब्रेले १२ दशमलव ४६ प्रतिशत मत मात्रै पाएका थिए ।

Leave A Reply

Your email address will not be published.