भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला गोरखा र मनाङ जाँदै

0

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला आज गोरखा र मनाङ जाँदै छन् । उनले गोरखामा भूकम्पपछि भारतीय सहयोगमा बनिरहेका घरहरुको अवलोकन गर्ने कार्यक्रम छ । साथै तीन वटा विद्यालयको उद्घाटन पनि गर्ने छन् ।

मनाङमा पनि भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ । विहीबार नेपाल आएका भारतीय विदेश सचिव श्रृङ्गला दिनभर भेटघाटमा व्यस्त रहे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्याउन भारतीय पक्षसँग आग्रह गरेकी छिन् ।

भारतीय विदेश सचिव श्रृङ्गलासँग शीतल निवासमा भएको भेटमा उनले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लैजान आग्रह गरिन् ।

राष्ट्रपतिलाई भेट्नुअघि भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयको प्रतिनिधि मण्डल, प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गरेका थिए । उनी आज दिउँसो एक बजे स्वदेश फर्किने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.