विदेश सचिव श्रीङ्लाले गरे प्रधानमन्त्री ओलीसँग भेट

0

भारतका विदेश सचिव हर्षवर्धन श्रींगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर श्रींगलाले प्रधानमन्त्री ओलीसँग भेट गरेको सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बिहीबार नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय वार्तासमेत भएको छ। सीमा विवादका कारण सम्बन्ध चिसिएको अवस्थामा दुई देशका उच्च अधिकारीबीच औपचारिक रुपमा संवाद भएको हो ।

बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका थिए ।

बैठकमा नेपाल–भारत सम्बन्धका सबै विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर सीमा विवादबारे छलफल नभएको बुझिएको छ । सचिवस्तरीय भेटवार्तापछि श्रींगला बालुवाटार पुगेका हुन् ।

Leave A Reply

Your email address will not be published.