नेपालमा थपिए १६१४ कोरोना संक्रमित, थप २३ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा बिहीबार थप १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० जना पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १ हजार ४ सय १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै नेपालमा थप १ हजार ४ सय ३७ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ९ हजार ४ सय ३५ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै हाल १६ हजार ७ सय ९३ जना आइशोलेशनमा छन् भने ६ सय ८० जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १७ लाख पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.