गरिब देशलाई कोरोनाविरुद्धको खोप पुर्‍याउनु चुनौतीपूर्ण : डब्लुएचओ

0

एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले कोरोना भाइरस संक्रमण बिरुद्धको खोप वितरणमा हुने विभेदलाई लिएर चिन्ता प्रकट गरेको छ ।

डब्लुएचओका प्रमुख प्रमुख टेडरोज आध्यनोम गेब्रेयसियसले सबैभन्दा प्रभावित समुदाय र गरिब व्यक्तिमा यो खोप सर्वसुलभ रुपमा पुर्‍याउनु चुनौतीपुर्ण रहेको बताएका हुन् ।

उनले खोपको समान रुपमा वितरण हुनुपर्ने पनि बताए । उनले विभिन्न खोपको सफल जारी रहेकाले खोप वितरणका लागि अहिले नै तयारीमा जुट्न आवश्यक रहेको बताएका हुन् ।

डब्लुएचओले संसारभर प्रभावित रहेका नागरिकलाई सहज रुपमा कोरोनाविरुद्धको खोप पुर्‍याउन करोडौं डलरको साझा कोषको आवश्यकता पनि औंल्याएको छ । डब्लुएचओ प्रमुख टेड्रोसले खोपको परीक्षणले ल्याउन सकारात्मक नतिजाको प्रतीक्षामा आफू रहेको बताए ।

छिटो विकास गरिएका कोरोनाविरुद्धको खोपको प्रभावकारीताका बारेमा अझै अनुसन्धान जारी रहेको पनि डब्लुएचओले जनाएको छ । सन् २०२१ को अन्त्यसम्ममा विश्वभर कोरोना विरुद्धको खोप वितरण थाल्ने डब्लुएचओको तयारी छ ।

Leave A Reply

Your email address will not be published.