ललिता निवास प्रकरण : पूर्व मन्त्री जोशी साधारण तारेखमा छुटे

0

काठमाडौं : बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमिका खेलेको अभियोग लागेका पूर्वमन्त्री चन्द्रदेव जोशी साधरण तारिखमा छुटेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ३५ लाख बिगो दाबी गर्दै मुद्दा दायर गरेका जोशीलाई विशेष अदालतले रिहा गरेको हो ।

विशेष अदालतको तारिखपत्र अनुसार आज अदालत उपस्थित भएका जोशीलाई न्यायाधीश प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको इजलासले साधरण तारिखमा रिहा गर्न आदेश दिएको हो । जोशी विरुद्ध गत वर्ष माघ २३ गते अख्तियारले मुद्दा दायर गरेको थियो ।

बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न १ सय ७५ जनामाथि आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचारतर्फ १ सय १० जना अभियुक्त मध्ये ४४ जना र जग्गा जफतका लागि प्रतिवादी बनाइएका ६५ मध्ये ३० जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

Leave A Reply

Your email address will not be published.