मुकेश चौरसिया हत्या प्रकरणका मुख्य आरोपी पक्राउ

0

पर्सा : पर्साका नेकपाका नेता मुकेश चौरसियाको हत्या प्रकरणमा मुख्य आरोपी भनिएका अशेश्वर भन्ने अखिलेश प्रसाद चौरसियालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्साको विन्दवासिनी गाउँपालिकाका नेकपा सचिव चौरसियाको हत्या प्रकारणका फरार मुख्य आरोपी भनिएका विन्दवासिनी गाउँपालिका तीन इटियाही २८ वर्षीय अखिलेशलाई पर्सा प्रहरीले विरगञ्ज २५ औलो सिर्सियाबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धान अनुसार मुकेशमाथि बाँसको भाटा प्रहार गर्ने व्यक्ति अखिलेश देखिएको प्रहरीले जनाएको छ । गत कात्तिक ६ गते नेकपाको विन्दवासिनी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा नेकपाका दुई पक्षबीच झडप भएको थियो ।

विन्दवासिनीको ५ प्रसौनीस्थित सेलर मिलको भवनमा आयोजित कार्यक्रम स्थल बाहिर भएको झडपमा मुकेश चौरसियामाथि आक्रमण भएकोहो । घटनामा घाइते भएका मुकेशको उपचारको क्रममा विरगञ्जस्थित अस्पतालमा मृत्यु भएको थियो ।

योसँगै चौरसिया हत्या प्रकरणमा चार जना पक्राउ परेका छन् । सो घटनामा सग्लन उत्तम तिवारी, पवन तिवारी र हमिश मियाँ यसअघि नै पक्राउ परिसकेका थिए ।

Leave A Reply

Your email address will not be published.