निजामती कर्मचारीले लोकसेवाको तयारी कक्षा पढाउन अनुमति लिनुपर्ने

0

काठमाडौं : सरकारले निजामती कर्मचारीलाई निजी इन्स्टिच्युटमा पढाउन रोक लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै कर्मचारीलाई इन्स्टिच्युटमा गएर प्रशिक्षण दिने र पढाउने नदिने निर्णय गरेको हो ।

मन्त्रालयले लोकसेवा आयोग लगायत प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा चलाउने निजी इन्स्टिच्युटमा कर्मचारीहरू आफैं गएर तथा अनलाइन माध्यमबाट प्रशिक्षण दिन नपाउने निर्णय गरेको हो ।

बहालवाला सहसचिव तथा सचिवसमेत निजी इन्स्टिच्युटमा गएर प्रशिक्षण दिने र पढाउने कार्यमा लाग्दा सेवाप्रवाह कमजोर बनेको तथा नीति निर्माण कार्यमा समेत समस्या सिर्जना भएको मन्त्रालयको भनाइ छ ।

यसअघि मन्त्रालय वा निकायले बाहिर गएर प्रशिक्षण दिनेलगायतका विषयमा अनुमति लिएको भएमा त्यसलाई समेत रद्द गर्ने निर्णय पनि सामान्य प्रशासनले गरेको छ ।

कर्मचारीले काज बिदाको बहाना गर्दै पढाएको पाइएमा कारवाही गर्ने पनि चेतावनी मन्त्रालयको छ । सरकारका सचिवस्तरसम्मका कर्मचारीले उपत्यकाका धेरै इन्स्टिच्युटमा पढाउने काम गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.