राष्ट्रपतिद्वारा औषधिसम्बन्धी अध्यादेश जारी

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले बुधबार अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

यो अध्यादेश जारी भएसँगै कोभिड–१९ को खोप ल्याउन सहज हुने ठानिएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा १ सय १४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकी हुन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले केही दिनअघि कोभिडको खोप ल्याउन कानुनी समस्या नपरोस् भनेर अध्यादेश ल्याउन लागिएको बताएका थिए । संसद्को अधिवेशन अन्त्य भएका बेलामा नयाँ कानुन अध्यादेशमार्फत ल्याउने गरिन्छ ।

No description available.
Leave A Reply

Your email address will not be published.