नेपालमा थप १४४२ जनामा कोरोना संक्रमण, थप १२ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा बुधबार थप १४४२ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप १४४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १२ हजार ९१७ पुगेको छ ।

काठमाडौं उपत्यकामा १ हजार ३८ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका ८२२, भक्तपुरका ४८ र ललितपुरका १६८ जना रहेका छन् ।

त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने हालस्म्म नेपालमा १२५९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा थप ३५३८ संक्रमित जना निको भएका छन् भने हालसम्म १ लाख ८२ हजार ७८० जना निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हाल आइशोलशनमा २८ हजार ८७८ जना रहेका छन् भने क्वारेन्टिनमा ९१० जना रहेका छन् । हालसम्म १६ लाख २३ हजार ७५४ वटा पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.