नेकपा सचिवालय बैठक सम्पन्न, १० दिनपछि पुनः बस्ने

0

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बै‌ठक १० दिनपछि बस्ने निर्णय गर्दै सम्पन्न भएको छ । कात्तिक २८ गतेको बैठकको निर्णय अनुसार बुधबार दिउँसो १ बजेपछि बसेको बैठक भर्खरै सम्पन्न भएको हो ।

सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले छुट्टै प्रस्ताव ल्याउने बताइएको छ । यससँगै बैठक १० दिनका लागि स्थगित भएको छ । अब सचिवालय बैठक मंसिर १३ गते साथै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाइएको छ ।

Leave A Reply

Your email address will not be published.