विहार निर्वाचन : भाजपा तथा जेडीयु गठबन्धनलाई सफलता, नीतिश कुमार पुनः मुख्यमन्त्री बन्ने

0

काठमाडौं : नेपालसँग सीमा जोडिएको भारतको विहारमा भएको चुनावमा सत्तारुढ गठवन्धन विजयी भएको छ । भारतीय जनता पार्टी र जनता दल युनाइटेड जेडीयूको गठवन्धनले विहारमा चौथो पटक सरकार बनाउने गरि जीत निकालेको हो ।

विहारका भारतीय जनता पार्टीले गरेको पत्रकार सम्मेलन विहारका उपमुख्यमन्त्री शुसिल मोदीले एनडीए गठवन्धनले स्पष्ट बहुमत प्राप्त गरेको उल्लेख गर्दै नितिश कुमारको नेतृत्वमा सरकार बनाउने जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारमा एनडीएले चुनाव जीतेकोमा विहारका जनता र एनडीए गठवन्धनलाई बधाई दिएका छन् ।

भाजपा तथा जनता दल युनाइटेडसहितको एनडीए गठबन्धनले बहुमतको आँकडा पार गरि १ सय २५ सिटमा जित हासिल गरेको हो । २ सय ४३ सिटको बिहार विधानसभामा बहुमतका लागि १ सय २२ सिट भए पुग्नेछ । तेजस्वी यादवको राष्ट्रिय जनता दल आरजेडी सहितको महागठबन्धन पछि रह्यो ।

तर आरजेडी सबैभन्दा ठूलो पार्टी बनेको छ । महागठबन्धनले १ सय १० सिटमा जित हाँसिल गर्दा आरजेडीको खातामा ७५ सिट गयो । भजापाले ७४ तथा जेडीयूले ४३ सिटमा जित हाँसिल गरेका छन् । चुनावमा भाजपाले आफ्नो सिट संख्या पाँच वर्षअघिको चुनावमा भन्दा बढाएको छ ।

२०१५ को चुनावमा ८० सिट जितेको आरजेडीले योपटक ७५ तथा ५३ सिट जितेको भाजपाले योपटक ७४ सिटमा जित हासिल गरेको हो । तर पाँच वर्ष पहिलेको चुनावमा ७१ सिट जितेको जेडीयूले योपटक मात्रै ४३ सिटमा सीमित भएको छ । पाँच वर्ष पहिले २७ सिट जितेको कांग्रेसले यो वर्ष मात्रै १९ सिटमा जित हाँसिल गरेको छ ।

Leave A Reply

Your email address will not be published.